७ वैशाख २०८१ शुक्रबार
समाज

अनुसन्धान सहायक प्रवीणको हत्या

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनको टाउको र मुखमा प्रहार गरेर हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ।

घटनाको बारेमा बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको शव नेपालगन्ज उपमहानगरपालिकाको लग्दहवामा शुक्रबार दिउँसो भेटिएको थियो। उनको शरीरमा डामहरू देखिएको प्रहरीले बताएको छ। टाउकोमा पनि चोट लागेको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन। अनुसन्धानका सहायक सूचकको हत्या भएको हुनसक्ने सम्भावना भएको भन्दै प्रहरीले अनुसन्धान सुक्ष्म ढंगल सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी सुबास खड्काले बताए।  

हत्याको बारेमा अझै केही नखुलेको उनको भनाइ छ। ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं,’ उनले भने, ‘छिट्टै तथ्य बाहिर आउनेछ। उनको हत्या ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं। अहिले अरू केही भन्न सकिन्न।’ शुक्रबार बाँके प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्न घटनास्थलमा कुकुरको समेत प्रयोग गरेको थियो।

प्रकाशित: ४ माघ २०७७ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App