८ वैशाख २०८१ शनिबार
समाज

न्युन चापीय प्रणालीको प्रभाव, बिहानैदेखि हुस्सु र कुहिरो

 देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।  

आज बिहान  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  यस्तै देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यस्तै आज दिउँसो  र राती भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: ४ माघ २०७७ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App