८ वैशाख २०८१ शनिबार
समाज

बैशाख २९ को 'ईपिसेन्टर' मा पनि भूकम्प स्मारक

२०७२ बैशाख २९ को दोश्रो शक्तिशाली पराकम्पको केन्द्र बिन्दु दोलखाको सुनखानीस्थित राम्चेमा शुक्रबार भूकम्प सुरक्षा दिवस मनाइएको छ।  

२०७२ बैशाख १२ पछि २९ गते आएको दोश्रो ठूलो शक्तिशाली पराकम्पको केन्द्रविन्दु कालिञ्चोक गाउँपालिका ७ राम्चेमा गाउँपालिकाले शुक्रबार भुईचालोको सम्झना गर्दै गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्तरबाट प्राय अधिकारीहरु राम्चे पुगेका थिए।  

उक्त स्थानमा गाउँपालिकाले भूकम्प स्मारक बनाउँदैछ। २९ गतेको भूकम्पमा राम्चे 'ईपिसेन्टर' थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार ७२ सालको महाभूकम्पको दोश्रो ठूलो शक्तिशाली पराकम्पको केन्द्र राम्चेमा गाउँपालिकाले भूकम्प स्मृति स्मारक बनाउने तयारी गरेको छ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको ओलीले जानकारी दिए।  

गाउँपालिका अध्यक्ष विनकुमार थामीले बैशाख २९ गतेको शक्तिशाली भूकम्पले धाँजा फाटेका जमिन संरक्षणका लागि तारजाली लगाईएको सुनाए। 'यो भूकम्पको प्रमाण बारे भोलीका पुस्तालाई थाहा दिन संरक्षण गरेर राम्रो पार्क बनाउने लक्ष्य राखेका छौ' उनले भने। उनका अनुसार पार्क क्षेत्र भरी दोलखामा भुईचालोबाट ज्यान गुमाएका व्यक्ति हरुको तस्बिर समेत राखिनेछ। गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले राम्चे डाँडोलाई भूकम्पको स्मृति गरिने गरि पर्यटकको केन्द्र बनाईने सुनाइन्। स्मारक निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार, र पुनर्निर्माण प्राधिकरणसहितका निकायमा बजेट प्रस्ताव गरिएको पाठकले बताइन्।  

गाउँपालिकाका ईन्जिनियर नारायण शिवाकोटीले भूकम्प सुरक्षा दिवसमा २०७२ को भूकम्प सम्झना गर्न र सुरक्षा चेतना जगाउन जिल्ला स्तरिय विपत्त ब्यवस्थापन समितिको निर्णय अनुसार राम्चेमा कार्यक्रम गरिएको सुनाए।

गाउँपालिका अध्यक्ष थामीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, स्मारक निर्माण हुन लागेको स्थानका वडाध्यक्ष चेतबहादुर खड्का, लगायतले बोलेका थिए।

प्रकाशित: ३ माघ २०७७ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App