१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटमा २ सय ४३ विपन्न परिवारलाई राहत हस्तान्तरण

रौतहटको राजपुर नगरपालिकाकी ८६ वर्षीया राजकलीदेवीले राहत सामग्री पाएपछि खुसी व्यक्त गरिन् । विपन्न परिवारकी राजकलीले पहिलोपटक राहत पाएकी हुन् ।  यू.एन.ओमेनको सहयोगमा माण्डवी रौतहटले रौतहटको राजपुर नगरपालिकाका २४३ महिला तथा विपन्न परिवारलाई ३० किलोग्राम चामल, तिन किलोग्राम दाल, दुई लिटर खाने तेल, एक किलो चना, एक किलो नुन, एक किलो चिनी, एक थान एलपिजी ग्यास चुल्हो, एक थान ग्यास सिलिन्डर, सावुन तथा लुगा धुने सर्फ एक किलोको दरले उपलब्ध गराएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देशभरमा ४२ हजारभन्दा बढी सामाजिक संस्था रहेको र राज्यलाई सहयोग गरिरहेको बताउँदै विपन्न समुदायका लागि काम गर्न र देशको विकासमा योगदान दिन आग्रह गरेका छन् । नेपाली सेनाको इन्द्र बक्स गण पुरेनवाका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल हजमिनियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपिसमेतको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर नगरपालिकाका मेयर सकिल अहमदले आगामी दिनमा नगरका सम्पूर्ण परिवारमा ग्याँस चुल्हो र सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन् ।

पहिलो चरणको कार्यक्रम राहत वितरण भएको बताउँदै माण्डवी अध्यक्ष अञ्जु झाले आगामी दिनमा नगरका सबै वडामा कार्यक्रमको विस्तार गरिने र लामो समय कार्यक्रम चलाइने घोषणा गर्नुका साथै जिल्लाको ईशनाथ र राजपुर नगरपालिकामा मात्र माण्डवी संस्थाको यो कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिएकी छन् ।

अध्यक्ष झाले सबै पक्षको सकारात्मक सहयोग भएमा धेरै मानिस लाभान्वित हुने पनि बताएकी छन् ।संस्थाको पहिलो कार्यक्रमको रुपमा राजपुर नगरपालिकामा भएको राहत वितरण कार्यक्रममा हरेक परिवारलाई रहेको थियो ।

प्रकाशित: २ माघ २०७७ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App