coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खेलिरहेको अवस्थामा पक्राउ

तस्विरः जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम ।

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित प्रहरीले पाँचजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला समन्वय प्रमुख बोहरासहित रुकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट २५ हजार दुई सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । पक्राउ परेकालाई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित: २ माघ २०७७ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App