coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विरुवा उत्पादन गर्न वन डिभिजनको आफ्नै नर्सरी

गोरखा नगरपालिका १३ मा डिभिजन वन कार्यालयले निर्माण गरेको नर्सरी । तस्विर ः नागरिक

डिभिजन वन कार्यालय गोरखाले निशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ । गोरखा नगरपालिका–१३ तीनकिलोमा नर्सरी निर्माण गरिएको सहायक वन अधिकृत होमबहादुर बल्छौडीले बताए ।  

‘एकलाख ४० हजार बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्ने योजना छ’ उनले भने । अहिले नर्सरीमा धमाधम बिरुवा उत्पादन भईरहेको छ । तयार भएको बिरुवा जेठ÷असारमा बितरण गर्ने योजना रहेको उनले बताए । विरुवा उमार्न उच्च प्रविधिको ‘हाईटेक’ नर्सरी निर्माण गरिएको छ । बिउ रोप्ने तातो घर निर्माण गरिएको छ । बिउ उमार्न गर्मी ठाउँ चाहिने भएकाले तातो घर बनाइएको सहायक उनले बताए । ‘उम्रिएको बिरुवा राख्ने अर्को चिसो घर पनि छ’ उनले भने ‘उम्रिएपछि हुर्काउन चिसो नर्सरीमा लागिन्छ ।’  

राजेदवी सामुदायिक वन उपभोक्ता समितिको जग्गामा डिभिजन वन कार्यालयले नर्सरी निर्माण गरेको हो । पहिलोपटक जिल्लाभित्रै नर्सरीमा विरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट खरिद गरेर ल्याउनुपर्ने बाध्यता अब कम हुनेछ । अशोक, बडहर, धुपी, सिसौ लगायतका काठजन्य बिरुवा पनि त्यहाँ उत्पादन हुनेछन । ‘काठजन्य, जडिवुटी, फलफूलजन्य विरुवा उमार्न प्राथमिकता दिएका छौं’ सहायक वन अधिकृत एवं डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने । अहिले गोरखाका सामुदायिक वन, बिभिन्न संघसंस्था, ब्यक्तिले बिरुवा अन्य जिल्लाका नर्सरीबाट खरिद गरेर ल्याउनु परेको छ । ‘वातावरण जोगाउन वन क्षेत्रको बिस्तार र बिकासका लागि नर्सरी अत्यावश्यक रहेकाले निर्माण गरिएको उनले बताए ।  

नर्सरीमा तयार भएको विरुवा पाउनका लागि किसानले सामुदायिक वन वा ब्यक्तिले निवेदन दिनुपर्छ । संकलन भएको निवेदनबाट आवश्यकताका आधारमा कार्यालयले छनौट गरि विरुवा बितरण गर्ने बल्छौंडीले बताए । ‘खेर गएको जमिन हराभरा बनाउने, किसानलाई चाहिने डाले घाँसको आपूर्ती गर्ने, जडिवुटी खेती बिस्तारमा सघाउने मुख्य योजना हो’ उनले भने । पहिरो गएको ठाउँमा बिरुवा लगाउने, सडक किसारमा हरियाली बनाउने योजना अनुसार निशुल्क बिरुवा बितरण गर्न नर्सरी स्थापना गरिएको उनले बताए । 

प्रकाशित: १ माघ २०७७ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App