coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भद्रकालीमा बस पल्टियो, तीनजना घाइते

काठमाडौं भद्रकालीमा बिहीबार बिहानै बस पल्टिएको छ। बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस भद्रकालीको आकाशेपुल नजिक अनियन्त्रित भई पल्टिएको महानगरीय प्रहरी वृतले जानकारी दिएको छ। सो घटनामा ३ जना घाइते भएका छन्।  

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ। घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु रहेका छन्।

प्रकाशित: १ माघ २०७७ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App