coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्यारा पक्राउ

प्रहरीले चन्द्रागिरि नगरपालिका–४ थानकोटका ५२ वर्षीय होमबहादुर सुदारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त थानकोटको टोलीले होमबहादुरको हत्यामा संलग्न चन्द्रागिरि–२ का २३ वर्षीय रामकृष्ण तामाङलाई मङ्गलबार राति पक्राउ गरेको हो।  

चन्द्रागिरि–४ मा रहेको घुमाउनेस्थित टहराको आँगनमा होमबहादुर अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको थियो। घटनापछि होमबहादुर अचेत अवस्थामा रहेपछि रामकृष्णले नै प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका रामकृष्णले लेनदेनका विषयमा विवाद हुँदा कोदालोको बिंड प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ। रासस 

प्रकाशित: १ माघ २०७७ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App