७ वैशाख २०८१ शुक्रबार
समाज

विराटनगरमा अवैध सामग्री रामद

भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगरका विभिन्न स्थानबाट अवैध समान बरामद परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले भारतबाट तस्करी गरेर  न खोपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती मालसामान बरामद गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीलाई देखेर तस्करहरू भागेपछि  आद्यान्न तथा पर्स बरामद गरिएको हो । प्रहरीले विराटनगर–१४ जतुवाबाट २ बोरा प्याज, २ बोरा लसुन, २ बोरा चिनी र १ बोरा बिस्कुट बरामद गरेको  छ । यसैगरी विराटनगर–१७ बाट १ सय ५० थान पर्स बरामद गरेको छ ।  । प्रहरीलाई देखेपछि सामान छाडेर तस्करहरू भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए ।  नियन्त्रित सामान  विराटनगर भन्सार कार्यालयमा बुझाइएको  राईले जानकारी दिए।  

प्रकाशित: २९ पुस २०७७ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App