भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगरका विभिन्न स्थानबाट अवैध समान बरामद परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले भारतबाट तस्करी गरेर न खोपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती मालसामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीलाई देखेर तस्करहरू भागेपछि आद्यान्न तथा पर्स बरामद गरिएको हो । प्रहरीले विराटनगर–१४ जतुवाबाट २ बोरा प्याज, २ बोरा लसुन, २ बोरा चिनी र १ बोरा बिस्कुट बरामद गरेको छ । यसैगरी विराटनगर–१७ बाट १ सय ५० थान पर्स बरामद गरेको छ । । प्रहरीलाई देखेपछि सामान छाडेर तस्करहरू भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । नियन्त्रित सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको राईले जानकारी दिए।
प्रकाशित: २९ पुस २०७७ १२:४५ बुधबार