७ वैशाख २०८१ शुक्रबार
समाज

बर्ड फ्लु भित्रिन नदिन पूर्वका चार जिल्लामा उच्च सर्तकता

भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पूर्वी नेपालका चार जिल्लामा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ।  

खुल्ला सीमाना कारण भारतबाट नेपालतर्फ पन्छी र पन्छीको मासु र अण्डा सहजै भित्रिने गरेकाले गर्दा मोरङ, सुनसरी, सप्तरी र सिरहामा उच्च सर्तकता अप्नाइएको हो। सर्तकता अप्नाउने क्रममै दुई दिनअघि भारतबाट नेपाल भित्रिएका ४७ वटा कुखुरा सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ मा प्रहरीले भेटेर नष्ट गरेको छ। भन्सार तथा क्वारेन्टाइन छली अवैध रुपमा ल्याएका ४६ हजार मूल्य बराबरका कुखुरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।  

मोरङको विराटनगरमा पनि रानी प्रहरीले दुईपटक गरेर ४० वटा कुखुरा नष्ट गरेको छ। पशु क्वारेन्टाइन कार्यालय विराटनगरका अनुसार अहिलेसम्म मुख्य बाटोबाट कुखुरा नभित्राएर चोर बाटो प्रयोग गरेर आकलझुक्कल भित्रयाउने समूहलाई पुरै निगरानी गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग सम्वन्य गरिएको छ।  

‘कोरोना महामारीले गर्दा इतिहासमै सवैभन्दा बढी आर्थिक संकट बेर्होन पुगेका व्व्यवसायी अहिले विस्तारै सहज महसुस गर्न थालेका छन्। यही बीचमा बड् फ्लु भएमा देशमा ठूलो आर्थिक क्षती हुनेछ,’ पशु क्वारेन्टाइन कार्यालयका अधिकृत अनिज घिमिरेले भने। उनले कुखुरा अवैध रुपमा भित्रिन नदिन प्रहरी र प्रशासनलाई गस्ती बढाउन पनि आग्रह गरेको जनाए। ‘पशु क्वारेन्टाइन कार्यालयको बोर्डरमा सवैतिर पहुँच हुँदैन,’ उनले भने, ‘जसले गर्दा प्रहरी र प्रशासनलाई बोर्डरमा कडाई गर्न भनिएको छ।’ उनले वर्ड फ्लु भित्रिन नदिनका लागि थप बैठक र समन्वय गरेर अघि बढ्ने बताए।

नेपालमा भन्दा भारतमा ब्रोईलर कुखुरा, कुखुराको मासु र  अन्डा सस्तोमा पाइने हुँदा अवैध रुपमा व्यापारीले नेपालमा ल्याएर विक्री गर्ने गर्छन्।

 

प्रकाशित: २९ पुस २०७७ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App