८ वैशाख २०८१ शनिबार
समाज

चितवन कारागार पुस्तकालय पुन:निर्माणका लागि पुस्तक हस्तान्तरण

चितवनस्थित भरतपुर कारागारमा एक कार्यक्रमका बीच पुस्तकालय पुन:स्थापना गरिएको छ। टिम नेपो नामक एक सामाजिक संस्थाले देश भरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई बर्षदेखि संचालन गर्दैआएको ‘पुस्तक परियोजना’ अभियान अन्तर्गत पुस्तक प्रदान गरिएको हो। रोटरी क्लब अफ चितवन तथा लियो क्लब अफ भरतपुर युथसंगको सहकार्यमा कारागार कार्यालय, चितवन, भरतपुरमा आज ८०८ थान पुस्तक हस्तान्तरण गरिएको हो।

अभियानलाई सार्थक बनाउन लघुकथाकार रबिन्द्र समीर, आर. मानन्धर, सुमित्रा मानन्धर गुरुङ, निभा प्रधान, महेन्द्र जोशी, प्रा. डा. कृष्णप्रसाद पौडेल, कलाकार सुरक्षा पन्त लगायतले पुस्तक सहयोग गरेको टिम नेपोका अध्यक्ष डा. निगम पौडेलले जानकारी दिए।  

कारागारका प्रमुख कमल प्रसाद काफ्लेले कारागारमा महत्वपूर्ण पुस्तक सहयोग गरेको प्रति आभार प्रकटगर्दै पुस्तक पढ्न खोज्ने कैदीबन्दीहरु कारागारमा थुप्रै रहेकोले यी पुस्तकहरुले निकै सहयोग पुगेको उनले बताए।

यस अघि अभियान अन्तर्गत अर्घाखाँची, स्याङ्गजा र तनहुँका कारागारमा पनि पुस्तकालय स्थापना गरिसकिएको छ। भरतपुर कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी ६ सय ९१  कैदीबन्दी रहेका छन्।

 

 

प्रकाशित: २९ पुस २०७७ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App