coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डाेटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे मृत्यु, चार जना गम्भीर घाइते

सांकेतिक तस्वीर

डोटीको शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा  शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो।  

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए।  

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ। अटोमा  सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ पुस २०७७ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App