coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देशभर जाडो बढ्दै, केही स्थानमा पानी पर्ने

पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदली भइरहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई भू-भागमा हुस्सु /कुहिरो लागेको छ।

तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। आंशिकदेखि सामान्य बदली रही देशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

आज राती आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २९ पुस २०७७ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App