८ वैशाख २०८१ शनिबार
समाज

दोलखामा १ सय ५ वर्षीय वृद्धले पहिलोपटक नागरिकता लिइन्

दोलखाकी १ सुसय ५ वर्षीय दुर्गमाया कार्कीलाई जिल्ला प्रशासन कार्यालयमा मंगलबार नागरिकता हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी। तस्विर: रमेश/नागरिक

दोलखाको मेलुङ गाउँपालिका–३ की १ सय ५ वर्षीय वृद्धाले नागरिकता लिएकी छिन्। मेलुङ गाउँपालिका–३ घ्याङ घर भएकी १ सय ५ वर्षीय दुर्गामाया कार्कीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले नागरिकता प्रदान गरे।  

कार्कीले पहिलोपटक नागरिकता लिएकी हुन्। प्रमुख जिल्ला अधिकारी शिवाकोटीका अनुसार नागरिकतामा उनको जन्म मिति विक्रम् संवत् १९७२ भदौ १८ कायम भएको छ। वंशजका आधारमा नागरिकता दिने सिफारिससहित मेलुङ गाउँपालिका वडा नं ३ का अध्यक्ष हिरा थोकर र कार्कीको माइती पक्ष मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो।

जिल्लाको तामाकोसी गाउँपालिका–४ मालुमा जन्मेकी कार्कीले मेलुङ ३ मा विवाह गरेकी थिइन्। विवाह कति सालमा भयो भन्ने उनलाई थाहा छैन्। उनकी एउटी छोरी जन्मिइन्। श्रीमान बितेपछि छोरी साथमा लिएर उनी पुनः माइतीघर फर्किएर उतै बस्न थालिन्। ‘हजुरबुबा बितेपछि हजुरआमा र आमा यतै माईत बस्न थाल्नुभएछ’ उनकी छोरी तर्फका नाती स्थानीय शिक्षक बाबुराम खत्रीले भने,‘यता बस्न थालेपछि नागरिकता बनाउन जाऊँ वृद्ध भत्ता आउँछ भन्दा कहिल्यै मान्नुभएन, अहिले वडाले भनेपछि आफैंले नागरिकता बनाइदेउ भन्नुभयो।’  

कार्कीका ६ जना दाजु, दिदी र भाइमध्ये कान्छो भाई अझै छन्। ‘कान्छो मामाले नै उहाँको उमेर बताएपछि वडा कार्यालयले हामी सबै माइती पक्षसँग छलफल गरेपछि उहाँको उमेर १ सय ५ कायम भएको हो,’ खत्रीले भने।  

प्रकाशित: २८ पुस २०७७ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App