coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेवाग्राहीबाट १० हजार घुस लिने प्रहरी हवलदार अख्यिारको नियन्त्रणमा

फाइल तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिने एक जना प्रहरी हवलदारलाई नियन्त्रणमा लिएको छ। तनहुँको बेलचौतारा ईलाका प्रहरी कार्यालयमा कार्यरत हवलदार शान्ति भण्डारीलाई सेवाग्राहीबाट १० हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

भण्डारीले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिए बापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकी थिइन्। सोही सूचनाका आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले हवलदार भण्डारीलाई १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: २८ पुस २०७७ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App