coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शक्तिशाली शासकलाई सबक सिकाउने सामाजिक सञ्जाल

सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले यति धेरै व्यापकता पायो कि यो केवल सूचना आदानप्रदानको माध्यम मात्र नभएर आफ्नो शक्ति परिचालन र प्रदर्शनको माध्यमसमेत हुन थाल्यो।आम नागरिकदेखि विश्वका शक्तिशाली भनिएका व्यक्तिसमेत यसको प्रयोग र प्रभावबाट टाढा हुन सकिरहेका छैनन्।यसको पछिल्लो उदाहरण बनेका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

ट्रम्प यस्ता शासक हुन्, जसले उनको सरकारले गरेका वा गर्न लागेका निर्णयलाई समेत ट्विटरमार्फत सार्वजनिक गर्थे।आफ्ना प्रशंसकहरूलाई दिशानिर्देश गर्न र विरोधीलाई तर्साउनसमेत उनी सामाजिक सञ्जालकै प्रयोग गर्थे।अमेरिकामा ३ नोभेम्बर २०१९ मा सम्पन्न निर्वाचनमा आफ्नो पक्षमा मत तान्न र निर्वाचनमा हार बेहोरेपछि त्यसलाई अस्वीकार गर्दै प्रशंसकहरूलाई भड्काउनसमेत उनले सामाजिक सञ्जालको व्यापक दुरूपयोग गरे।परिणाम अमेरिकी संसद्ले राष्ट्रपतिको निर्वाचनमा विजयी भएका जो बाइडेनलाई आधिकारिकता दिँदै गर्दा ६ जनवरीका दिन बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले संसद् भवन क्यापिटोलमाथि हमला गरे।विश्वलाई उत्कृष्ट लोकतान्त्रिक अभ्यासको आचरण सिकाउने अमेरिकाको शासन व्यवस्था गतल व्यक्तिको हातमा पर्दा अमेरिकाले विश्वमाझ लज्जित हुनुप¥यो।

एउटा शासकलाई आफ्नो प्रभाव देखाउन सामाजिक सञ्जालको भूमिका कति महŒवपूर्ण हुन्छ भन्ने पछिल्लो उदाहरण हो, ट्रम्पको सामाजिक सञ्जालको दुरूपयोग।सामाजिक सञ्जालको यही शक्तिलाई देखेर नै कतिपयले आफ्ना फलोअर र प्राप्त लाइकलाई आफ्नो सम्पत्तिका रूपमा पनि हेर्छन्।आफ्नो ट्विटर एकाउन्टमा ८८.७ मिलियन फलोअर भएका ट्रम्प सामाजिक सञ्जालको शक्तिबारे जानकार थिए।उनले त्यसको प्रभावलाई राम्रोसँग बुझेका थिए।त्यही शक्तिलाई उनले आफ्नो पराजयको आक्रोश देखाउन प्रयोग गरे।तर सामाजिक सञ्जालको शक्तिको भरिपूर्ण दुरूपयोग गरेका ट्रम्पले त्यही सामाजिक सञ्जालले उनलाई पनि सबक सिकाउन सक्छ भन्ने कुराको भने बेवास्ता गरे।परिणामस्वरूप ट्विटरको माध्यमबाट भविष्यमा पनि हिंसा भड्काउन सक्ने भन्दै ट्विटरले शुक्रबार उनको एकाउन्टलाई सधैंका लागि बन्द गरिदियो।फेसबुक, इन्टाग्रामलगायत सामाजिक सञ्जालले समेत क्यापिटोलमा भएको आक्रमणपछि उनका एकाउन्ट सस्पेन्ड गरिदिएका छन् ।

सामाजिक सञ्जालको शक्तिको माध्यमबाट क्षणभरमै विश्वभर आफ्नो सूचनाको पहुँच बनाउन सफल ट्रम्पलाई त्यसको गलत प्रयोग गर्दा सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले क्षणभरमै शक्तिविहीन अवस्थामा पु¥याइदिएर सबक सिकाएका छन्।ट्रम्पमाथि सामाजिक सञ्जाल ट्विटर, फेसबुक, इन्स्टाग्रामलगायत कम्पनीले लगाएको लगामले के सन्देश पनि दिएको छ भने सामाजिक सञ्जाल सदुपयोग गर्दा विश्वलाई आफ्नो मुठीमा राख्न सकिन्छ भने त्यसको दुरूपयोग गर्दा क्षणभरमै शक्तिविहीन हुने अवस्था पनि आउँछ।सामाजिक सञ्जालमार्फत छिनछिनमा आफ्ना विवादित अभिव्यक्ति र भड्काउ किसिमका सामग्री पस्कने ट्रम्प अहिले त्यसको पहुँचभन्दा टाढा पुगेका छन्।ट्रम्पको सामाजिक सञ्जालमा देखिने सक्रियता यति धेरै थियो कि उनले शक्तिशाली मुलुकको कार्यकारी प्रमुखका रूपमा गर्नुपर्ने कामबारेभन्दा सामाजिक सञ्जालमा के लेख्ने भनेर बढी सोच्छन् भनेर समेत व्यंग्य गर्ने गरिन्थ्यो।

सामाजिक सञ्जालमार्फत विश्वभर पहुँच राख्ने ट्रम्प एकजना मात्र होइनन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलगायत शक्तिशाली मुलुकका कार्यकारी प्रमुखले सामाजिक सञ्जालमार्फत विश्वभर आफ्नो पहुँच र प्रभाव विस्तार गरिरहेका छन्।तर ट्रम्प र सामाजिक सञ्जालबीचको टसलले भने यसको यसको सही सदुपयोग गर्दा जसरी आफ्नो प्रभाव विस्तार गर्न सकिन्छ दुरूपयोग गर्दा क्षणभरमै प्रभावविहीन हुन पनि सकिन्छ भन्ने कुरा सिकाएको छ।सामाजिक सञ्जाललाई शक्ति ठानेर यसको दूरूपयोग गर्नेका लागि ट्रम्प एउटा सिकाइको विषय बनेका छन् ।

प्रकाशित: २७ पुस २०७७ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App