८ वैशाख २०८१ शनिबार
समाज

घरको गाह्रो लगाउने क्रममा खसेर मृत्यु

भक्तपुर नगरपालिका वडा नं. २ कालोपाटीमा आइतबार घरको गाह्रो लगाउने क्रममा खसेर एकजना कामदारको मृत्यु भएको छ।  कालोपाटीका सुनिल थिमीको ५ तला पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा महोत्तरी बर्दिबास घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने अन्दाजी बर्ष ३५ को डम्बर मगर अचानक ५ तला माथिबाट लडी भुइ तलामा बजारिदा मृत्यु भएको हो।  

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार गम्भिर घाइते भएकोमा तत्कालै स्थानियहरुको सहयोगमा उपचारको लागी डा.इवामुरा अस्पताल भक्तपुर पठाइएकोमा उपचारकै क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेको जनाएको छ।  घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन के.सीको कमाण्डमा अनुसन्धान अधिकृत सहित प्रहरी टोली खटी गई घटनाको सम्बन्धमा बुझ्दा जिल्ला महोत्तरी बर्दिबास घर भई हाल भक्तपुर जिल्ला सुर्यविनायक न.पा. वडा नं. ५ कटुन्जे बस्ने अन्दाजी बर्ष ३५ को डम्बर मगरले ५ तला माथी घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा अचानक खसेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।    

       

                 

 

प्रकाशित: २६ पुस २०७७ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App