नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हरेक वर्ष प्रदान गर्दै आएको दुई लाख रासीको हेमबहादुर मल्ल सम्मान(पुरस्कार)–२०७५ वरिष्ठ छाती रोग विशेषज्ञ डा.गौरीशंकर लाल दासलाई प्रदान गरिने भएको छ । पूर्व मन्त्री तथा कानुन आयोगका अध्यक्ष माधब पौडेलको संयोजकत्वमा गठित समितिले सामाजिक अभियान्ता समेत रहेका दासलाई दिने निर्णय गरेको हो ।
यो पुरस्कार शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पु¥याउने व्यक्तिलाई सम्मान स्वरुप प्रदान गर्दै आएको नेपाल सरकारका पूर्व सचिव तथा नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्णहरी बास्कोटाले बताए । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार छनोट समितिको निर्णयलाई सार्वजनिक गरेको हो । राष्ट्रिय रुपमा योगदान पु¥याएको ८० जनाबाट विभिन्न प्रक्रियाबाट दासलाई छनोट गरेको सापकोटाले जानकारी दिए । ९६ वर्षिय दासले सार्वजनिक सेवा प्रवाह, व्यवस्थापन क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेकाले सम्मान गर्न योग्य भएको छनोत समितिले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन महाप्रबन्धक हेमबहादुर मल्लको नामा वि.स.२०५९ सालमा यो पुरस्कार स्थापना गरिएको थियो । मल्ल इमान्दार, परिश्रमी, रोलमोडल प्रशासक तथा व्यवस्थापक भएकाले मल्लको नाममा पुरस्कार स्थापना गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।
यो सम्मान यसअघि आँखा चिकित्सक डा.सन्दुक रुईत, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा.देबेन्द्रराज पाण्डे, म्यागासासे पुरस्कार विजेत महाविर पुन, डा. भगवान कोइराला लगायतले प्राप्त गरिसकेका छन् ।
प्रकाशित: २४ पुस २०७७ १९:३१ शुक्रबार