coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेतमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक घाइते

टिप्परको ठक्करबाट शुक्रबार भेरीगंगा नगरपालिकाको छिन्चुमा एक महिलाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे.७.प.५२०६ नम्वरको मोटरलाइकललाई छिन्चुको प्रहरी चेकपोष्ट नजिकै ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर–११ कि २३ वर्षीया ताराकुमारी आलेको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडी बसेकी आले गम्भीर घाइते भएकी थिएन् । उनलाई कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २४ पुस २०७७ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App