१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको मुल धन २८ लाख पुग्यो

प्राकृतिक विपत्तीमा परेका नागरिकको सहयोगार्थ स्थापना गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको मुल धन २८ लाख पुगेको छ । खोटाङ समाज हङकङको पहलमा २०७३ सालमा स्थापना गरिएको २० लाखको कोषको मुल धनमा आठ लाख बृद्धि गरिएको हो । बार्षिक व्याजबाट आएको रकमको केही अंशलाई गाभ्दै तथा अन्य नयाँ दाताबाट जुटाएर कोषको मुलधन २८ लाख पु¥याइएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष सञ्चालक समितिका कोषाध्यक्ष युगसन किरातले बताए ।  

हालसम्म २० लाखको व्याज आउने गरेकामा आगामी वर्षदेखि २८ लाखको व्याज आउने खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष सञ्चालक समितिले जनाएको छ । २८ लाखको वार्षिक १५ प्रतिशत व्याजबाट आउने ४ लाख २० हजारको २० प्रतिशत (८४ हजार)लाई मुलधनमा गाभ्ने र बाँकी ८० प्रतिशत (३ लाख ३६ हजार) रकमलाई राहत स्वरुप बाँड्दै लगिने कोषाध्यक्ष किरातले बताए ।  

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषकबाट वार्षिकरुपमा आउने व्याजबाट आगलागी, चट्याङ, बाढि पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका पिडितलाई सहयोग गरिदैआइएको छ । विपत्तीमा परेका सर्वसाधारणको सहज जीवनयापनका लागि सहयोग गर्न खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको पहलमा हङकङमा विपद कोष स्थापना गरिएको हो ।  

२०७४ साल फागुन १३ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको सञ्चालक समितिले पूर्ण क्षती बेहोरेका प्रकोप पिडितलाई प्रतिपरिवार १० हजार तथा आंशिक क्षती भएका पिडितलाई प्रतिपरिवार पाँच हजारदेखि सात हजार राहत प्रदान गर्दैआएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामै प्रतिनिधि रहेको सञ्चालक समितिले प्राकृतिक विपत्तीमा परेको जानकारी लगत्तै पिडितलाई राहत वितरण गर्ने गरेको छ ।  

प्रकाशित: २४ पुस २०७७ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App