coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

६ दशक पछि आरटिओ सडक पक्की

आरटिओ सडकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल । तस्विरः नागरिक

कपिलवस्तुको कृष्णनगर देखि बिजयनगर – शिवराज नगरपालिको शिववढी हुदै राजमार्ग सम्म जाडने २२ किमि लामो आरटीओ सकड ६ दशक पछि पक्की बनेको छ । एक बर्ष अघि नै सांसद अषिशेष प्रताप शाहको संसदीय विकास कोष र अन्य सरकारी बजेटले ११ किमि पक्की भइ सकेको थियो । बाँकी ११ किलो मिटर सडक निर्माण लुम्बिनी प्रदेश सरकारले १५ करोड ७७ लाख रकम खर्च गरेको जनाएको छ ।  

२०१६ सालमा पहाडी भेगलाई भारतीय सीमासँग सडक जोड्नका लागि क्षेत्रिय सडक अन्तर्गत सडक निर्माण सुरु गरिएको थियो । सडक संजालले राजमार्ग छोईए पछि कपिलवस्तुको विजयनगर गाउँपालिकाका स्थानीयले खुसी ब्यक्त गरेका छन् । 

सो सडक पक्की भए पछि कृष्णगरको भित्रि बाटो हुंदै शिवगढी हुंदै राजमार्ग सम्मका एक लाख बढी जनता लाभांंवित भएको बिजयनगर गाउँपालिकाको प्रमुख गोपाल थापाले बताए । उनले आरटिओ सडक पक्की बने पछि परेको बिजयनगर गाउँपालिकाको आर्थिक बिकासमा मद्दत मिल्ने बताए । सो सडकको बिहीवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले रिबन काटेर उदघाटन गरे ।  

कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्र विरोधी भन्नु अपमान भएको बताए ।  १४ बर्ष जेल र २ बर्ष सेलमा बसेको प्रधानमन्त्री ओलीलाई लोकतन्त्र बिरोधी भन्नु सरासर गलत भएको बताए । उनले ओली नेतृत्वको सरकारका पालामा बिकासमो गति बढेको दाबी गरे । मुख्य मन्त्री पोख्रेलले केपी शर्मा ओलीको संसद विघाटन कार्य संवैधानिक

भएको बताए । उनले स्थानीय तहसंग समन्वय गरी लालपुर्जा बाँडने कार्य अघि बढाइएको बताए । लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले आरटिओ सडक प्रदेश सरकारको पहिलो सबै भन्दा ठुलो योजना रहेको बताए ।  

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता विरेन्द्र कुमार कनोडियाले कपिलवस्तुमा सिंचाईका योजना संचालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।  

 

 

 

 

 

 

प्रकाशित: २४ पुस २०७७ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App