७ वैशाख २०८१ शुक्रबार
समाज

स्काभेटरमा आगजनी गर्ने फरार अभियुक्त दुई वर्षपछि पक्राउ

२०७६ बैसाखमा विकास निर्माणको काममा लागेको स्काभेटरमा आगो लगाएर क्षति पुर्‍याइ फरार रहेका एक अपयुक्तलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ। गुजरा नगरपालिका ६ का २८ वर्षीय रुस्तम लहेरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले नहरमा हिँडिरहेको अवस्थामा मंगलवार पक्राउ गरेको हो।

पक्राउ परेका लहेरीलाई मंगलवार नै रौतहट जिल्ला अदालतमा पेश गरिएको छ। आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

रौतहटको गुजरा नगरपालिका ५ खतवहियामा सिँचाइ निर्माणको काममा रहेको स्काभेटरमा २०७६ वैशाख २६ गते राती आगो लगाइएको थियो। स्काभेटरमा आगो लगाएर क्षति पुर्‍याएपछि दोलखाको मेलुङ्ग गाउँपालिका ७ का सुमन खड्काले रुस्तम लहेरीविरुद्ध जाहेरी दिएका थिए। नेपाल सरकार प्रतिवादी रहेको मुद्दाको फरार अभियुक्त करिब दुई वर्षपछि पक्राउ गर्न सफल भएको छ।

प्रकाशित: २२ पुस २०७७ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App