coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई बस्ती तत्काल स्थानान्तरण गर्न सिफारिस

फाइल तस्बिर

हिमाली जुगल गाउँपालिकाका दुई बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको विज्ञले औँल्याएका छन् । आउँदो वर्षात सुरु हुनु अगावै ती बस्ती स्थानान्तरण गर्न उनीहरुले सरकारलाई सुझावसमेत दिएका छन् ।  

एक सय ७३ घरधुरीको लिदी र २६ घर परिवारको बसोबास रहेको सानो नाम्फा बाढीपहिरोको जोखिममा रहेको बिज्ञले औँल्याएका हुन् । गएको बर्खामा गाउँपालिकाका आधा दर्जन बस्ती बाढीपहिरोको चपेटामा परेका थिए । गत साउन ३१ गते पहिरोले लिदी गाउँ बगाउँदा २९ ले ज्यान गुमाएका थिए ।

राष्ट्रि«य पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाईमा बिज्ञ समूहले गत महिना बाढीपहिरोको चपेटामा परेका बस्तीको भौगर्भिक अध्ययन गरेको थियो । समूहले अध्ययन प्रतिवेदन सोमबार मात्र बिपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई बुझाएको छ ।  

भूगर्भविद्, जिओटेक इन्जिनियर, सहरी योजनाकार, नापी अधिकारी लगायत बिज्ञ सम्मिलित प्राविधिक टोलीले गाउँपालिकाका लिदी, बोल्दे, सञ्चगाउँ, ठूलो नाम्फा, सानो नाम्फाको भौगर्भिक अध्ययन गरेको थियो । ‘लिदी र सानो नाम्फा गाउँ बाढीपहिरोमा उच्च जोखिममा रहेको निष्कर्ष निकालेका छौँ,’ अध्ययन समितिका सदस्य पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले भने । यी बस्ती सुरक्षित स्थलमा सार्न बिपद् प्राधिकरणलाई सुझाव दिएको उनले जानकारी दिए ।  

दुई सय ७० घरधुरीको बोल्दे गाउँलाई सम्भावित जोखिमयूक्त बस्ती औँल्याउँदै टोलीले पुनः बिस्तृत अध्ययन गर्न सुझाएको छ । सञ्चगाउँ सुरक्षित देखिए पनि तत्काल सुरक्षाका कामहरु गर्नु पर्ने देखिएको ठहर प्रतिवेदनमा गरिएको छ । ठूलो नाम्फा भने सुरक्षित देखिएको इन्जिनियर रहेका निरौलाले जनाए । प्रतिवेदनमा जोखिमयूक्त बस्तीका स्थानीयलाई सेलाङको बाँसखर्कमा स्थानान्तरण गर्न सकिने बिकल्पसमेत दिइएको छ ।  

‘बाँसखर्कको समेत भौगर्भिक अध्ययन ग¥यौँ । यो स्थल सुरक्षित देखियो,’ निरौलाले भने । यहाँ लिदीका बाढीपहिरो पीडित बस्दै आएका छन् । बस्ती बसालेर उनीहरुलाई स्थायी रुपमा यहीँ राख्ने प्रयास जिल्ला तहबाट भइरहेको छ । एक साता लामो अध्ययनका क्रममा बिज्ञ टोलीले लिदीमा पीडितसँग स्थानान्तरणबारे छलफलसमेत चलाएको थियो । उनीहरुले स्थानान्तरण हुनको लागि शर्त अघि सारेका थिए । ‘बाँसखर्कमै बस्ती बसालेर राख्ने हो भने त्यहाँ विद्यालय, स्वास्थ्य चौकी र गुम्बा निर्माण गरिनु पर्छ,’ स्थानीयको भनार्इँ थियो, ‘खेतीपाति गर्ने सहजताका लागि बाँसखर्कदेखि लिदीसम्म सडक बाटोको पहूँच स्थापित हुनु पर्छ ।’

पछिल्लो समय प्राकृतिक बिपत्तिको मार पर्र्दै आएको सिन्धुपाल्चोकसहित बाग्लुङ जिल्लालाई सरकारले बिपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिपद्का धेरै घटना भएकाले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषित गरिएको थियो । बिपद् प्राधिकरणका अनुसार संकटग्रस्त जिल्लाले बिपत्ति पछिको पुनर्निर्माण र पुनःस्थापनाको काममा प्राथमिकता पाउँछन् । अब मुलुकभरको बिपद् व्यवस्थापनको काम प्राधिकरणमार्फत हुने जनाइएको छ ।  

प्राकृतिक बिपत्तिले पु¥याएको क्षतिका आधारमा राजमार्ग, सडक, पुल, बस्ती संरक्षण, निजी आवास पुनर्निर्माण र पुनस्थापनामा यही प्राधिकरणमार्फत काम हुने गरी बजेट छुट्टाउँने व्यवस्था सरकारले गरेको छ । प्राधिकरणलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसमेतले बिज्ञ टोलीलाई बिपद् संकटग्रस्त जिल्लाका जोखिमयूक्त बस्ती अध्ययन गर्न लगाइएको हो ।  

प्रकाशित: २१ पुस २०७७ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App