८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा ८ लाख अवैध रकमसहित एकजना पक्राउ

रौतहट प्रहरीले आठ लाख अवैध रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ खजानी टोलका लक्ष्मण साहका १७ वर्षीय छोरा धीरेन्द्र साह रहेका छन्।  

शाहले भारतबाट स्रोत नखुलेको अवैध रकमसहित नेपाल प्रवेश गरेपछि मौलापुरमा पक्राउ परेका हुन्। मौलापुरमा प्रहरीले चेकजाँच गर्ने क्रममा साहले चढेको प्रदेश १–०२०४२ प २०० नम्बरको पल्सर मोटरसाइकलमा निजले बोकेको झोलाबाट आठ लाख नेपाली रकम बरामद भएको हो। रकमसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रकाशित: २१ पुस २०७७ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App