८ वैशाख २०८१ शनिबार
समाज

रसुवामा सडक निर्माणको क्रममा ढुंगाले लागेर एक कामदारको मृत्यु

रसुवास्थित धुन्चे–खोदल सडक खण्डमा ढुंगाले लागेर त्यहाँ काम गरिरहेका एक जना कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवाको नौकुण्ड गाउँपालिका–१, यार्साका४५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको हो।  

मंगलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डस्थित केबुमा स्काभेटरले सडक खन्ने क्रममा तल नाली निर्माण गरिरहेका उनको ढुंगाले लाग्दा मृत्यु भएको हो। स्काभेटरले नाली निर्माण गर्ने स्थानभन्दा करिब ५० मिटर माथि काम गरिरहेको थियो।  

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–९, का २७ वर्षीय स्काभेटर चालक रविन तामाङ र स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ पुस २०७७ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App