coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मेलौली पञ्चेश्वर सडकखण्डमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मेलौली नगरपालिका–३ को ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली जिल्ला चुरे गाउँपालिका–१ का २६ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । 

शनिबार दिउँसो करिब १ बजे क्रसर मेसिन अनलोड गर्दा बा२क २०६ नम्बरको स्काभेटर पल्टिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।   सडकबाट करिब ३० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । घटनाको थप जानकारी लिन पाटन इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली गएको डिएसपी अधिकारीले  बताए ।

प्रकाशित: १८ पुस २०७७ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App