coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खरमा आगो लगाउँदा बालिकाको मृत्यु

खरमा आगलागी हुँदा सिगास गाउँपालिका–३ साउनखेतका मनबिर साउँदकी २ वर्षीया छोरी रेखाको मृत्यु भएको छ। उनकै ४ वर्षीय छोरा दिपेशले घर पछाडि रहेको सुकेको खरमा आगो लगाएपछि जलेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

बिहीबार करिब ४ बजेतिर सलाई कोरेर खरमा आगो लगाउँदा बालिकाको ज्यान गएको प्रहरीले बताएको छ। घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थलतर्फ गइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

 

प्रकाशित: १६ पुस २०७७ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App