coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोर्चुगलमा कोरोनाबाट २७ वर्षीय नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए। तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित  भई आइसोलेसनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ। राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले  बताएका छन्।

प्रकाशित: १६ पुस २०७७ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App