coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैतडीको सुर्नया गाउँपालिका एक हप्ताको लागि बन्द गरिएको छ । एक जना कर्मचारी कोरोना संक्रमित भएपछि गाउँपालिकाबाट दिइने सम्पूण सेवा पुस २१ गतेसम्मको लागि बन्द गरिएको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत मदनराज पन्तले बताए । कर्मचारीको सम्पर्कमा आएकाहरुको पनि कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने भएकाले एक हप्ताका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको हो ।  

यस्तै पाटन नगरपालिका–९ को ज्ञानेश्वर मावि पनि एक हप्ताको लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको विद्यालयका सहायक प्रअ धनबहादुर महराले जानकारी दिए । शिक्षकमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गरिएको उहनले बताए ।

प्रकाशित: १४ पुस २०७७ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App