coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेमा ठेकेदारको ढिलासुस्ती

कालोपत्रेको तयारी भइरहेको महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी खण्ड। तस्बिर : दमन राई/नागरिक

खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको छ। गाईघाट–दिक्तेल सडक अन्तरगत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको चरम ढिलासुस्ती देखिएको हो। हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ। महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ। सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लाबासी असन्तुष्ट छन्।  

भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो। ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए। यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगती भएको छ। ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो। ‘दशैंतिहारसम्म धेरथोर काम भएको देखिन्छ। तर, युद्धस्तरमा काम हुन सकेको छैन,’ डिई खकुरेलले भने, ‘ढिलासुस्ती गर्ने ठेकेदारसँग सम्झौता तोड्ने वा अन्य कारबाही गर्ने भन्ने विषयमा तालुक अड्डासँग कुरा भइरहेको छ।’  

दिक्तेल र गाईघाटलाई जोड्ने छोटो मार्गकारुपमा रहेको सडक खण्ड कालोपत्रेको काम दशैंतिहार यता काम ठप्प छ। काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ। प्रतिनिधिलाई फिल्डमा पठाएर मूख्य ठेकेदार सम्पर्क विहिन बनेर बस्ने गरेका छन्। सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका बारेमा जनप्रतिनिधि र दलका नेता समेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ। महुरे–राजापानी सिमपानी सडक खण्डमा गत कात्तिक २९ गतेसम्म काम गर्दा ५५ प्रतिशत भौतिक प्रगती भएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका साइड ईन्चार्ज नविन मैनालीले दावी गरे। ‘कात्तिक २९ गतेसम्म हामीले काम ग¥यौं। तिहारपछि चैं काम भएको छैन,’ मैनालीले भने, ‘एक÷दुई हप्तापछि काम सुरु हुन्छ। साईडमा रहेका हाम्रो ईन्जिनियरलाई काम सुरु गर्न भनिसकेका छौँ।’ कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुईपाका स्थानीय मिलन राईले बताए।  

गुणस्तरमाथि स्थानीयको प्रश्नै–प्रश्न  

महुरे–फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ। महुरे–सिमपानी (राजापानी) खण्डमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए। सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले २०७६ साल पुस २० गतेदेखि महिना दिन र फागुन ८ गतेदेखि दुई दिन सडकको काम ठप्प बनाएका थिए।  

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२)मा सव–बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिटी तथा पाखाकै बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले गत भदौमा  आवाज उठाएका थिए। डे«न निर्माणकाक्रममा पाखाबाट उठाएर ल्याइएको सव–बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत भदौ १२ गते रोक लगाएका थिए। सडकको गुणस्तरका बारेमा जनताले पटक–पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन्। 

प्रकाशित: १३ पुस २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App