७ वैशाख २०८१ शुक्रबार
समाज

थप ४ सय ८१ जनामा कोरोना पुष्टि, ७ सय ३१ जना कोरोना मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

देशभर कोरोना संक्रमण हुनेको २ लाख ५८ हजार १ सय ८१  पुगेको छ। पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना मुक्त भएका छन्।  योसहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ।।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार  संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ। 

प्रकाशित: १२ पुस २०७७ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App