coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इटहरीमा नेपालमा प्रतिबन्धित माछा ‘क्याट फिस’ बरामद

मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने मागुर माछा ‘क्याट फिस’ सुनसरी प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित मागुर माछा इनरुवाबाट पक्राउ गरेको हो।  

को ९ प ७५९४, को ३ प ५९२६, को २ प ८२४१ र को १० प ३९२१ नम्बरको मोटरसाईकलमा ल्याउँदै गर्दा प्रहरीले माछा पक्राउ गरेको हो। प्रहरीले चेकजाँच गर्ने क्रममा २०० केजी  मागुर माछा छाडेर ल्याउने व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनायो।

पक्राउ गरेको माछाको स्थानीय बजार मुल्य अनुसार ५० हजार बराबर रहेको छ। भारतबाट नेपालमा मागुर माछा ल्याएर बिक्री गर्दा बेला बेलामा प्रहरीले पक्राउ गर्दो छ। यसअघि साउन ४ गते   इनरुवा वडा नं. ४ बसपार्कबाट सात हजार पाँच सय १० केजी माछा बरामद गरि नष्ट गरेको थियो। त्यो बेला बरामद गरिएको माछाको मूल्य १५ लाखभन्दा बढी परेको थियो।  

यसैगरी, शुक्रबार नै इटहरी वडा नं. ५ कलङ्की मोड नजिक को १ ख ६८९० नम्बरको मिनी ट्रकलाई विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा खैनी बरामद गरेको छ। भारतबाट चोरी पैठारी गरी भन्सार छली ल्याएको खैनी बरामद गरेको हो।  

प्रकाशित: ११ पुस २०७७ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App