७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकले च्यापिएर एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। ना ६ ख ३९८२ नं.को भैसी बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँंदा ट्रक चालक जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को कैमोदिन अन्सारी मृत्यु भएको हो।  

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार ट्रकको ढोकामा च्यापिएकोे अवस्थामा भेटिएको थियो। उनलाई क्रेनको सहायताले ट्रकलाई हटाई हेर्दा घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाइते भएका परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।  

मृतक अन्सारीको घटनास्थल तथा शव जाँच प्रकृतिको कार्य सम्पन्न गरी पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। अरनिको राजमार्गमा जगातीबाट सूर्यबिनायकतर्फ आउँदै गरेको जनाइएको छ।

प्रकाशित: १० पुस २०७७ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App