८ वैशाख २०८१ शनिबार
समाज

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से१ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका–११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए। बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचिर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको छ भने दुर्घटना कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ पुस २०७७ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App