coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शितलहरले तराईको जनजीवन प्रभावित

एक  सातादेखि एक्कासि बढेको चिसोको कारण रौतहट जिल्लाको जनजीवन प्रभावित हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले जाडो छल्न सार्वजनिक स्थानहरूमा दाउरा बाल्ने काम सुरु  गरेको छ।  

पश्चिमी वायुका साथ लाग्ने हुस्सुले चिसो थपेको छ भने मसिनो पानी जस्तै खस्ने शितले पनि जनजीवन प्रभावित हुन थालपछि मुख्य रुपमा दलित तथा विपन्न समुदायको बस्तीनजिक रहेको सार्वजनिक ठाउमा प्रहरी प्रमुख एसपी सिद्धिविक्रम साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीले दाउरा बालेर स्थानीयलाई सहयोग गरेका छन्।

सदरमुकाम गौरस्थित बिपी चौक, बसपार्क, मुसहर बस्ती, ढागर बस्तीका साथै जिल्लाका विभिन्न सरकारी कार्यालयनजिक दाउरा बालेर जाडो छल्ने सुरु गरिएको छ। सदरमुकाम गौरबाहेक अन्य स्थानीय तहका प्रमुखसँग समन्वय गरेर जिल्लाको सार्वजनिक स्थानहरूमा दाउरा बाल्नको लागि मातहतका प्रहरी युनिट प्रमुखहरूलाई निर्देशन दिइसकेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम साहले बताए।  

सरकारी कार्यालयमा सेवाग्रहीको कमी

एक सातादेखि एक्कासि बढेको चिसोको कारण जिल्लाका सरकारी कर्यालयहरूमा पनि काम गराउन आउने सेवाग्राहीमा कमी आएको छ। सरकारी कर्यालयहरूमा काम विषेशले ग्रामिण भेगबाट आउने सेवाग्राहीको संख्यामा कमी आएको देखिएको छ। बिहानैदेखि बाक्लो हुस्सु लाग्नाले सवारीसाधान दुर्घटना हुने डरले आवागमनमा समस्या भएपछि सर्वसाधारण सदरमुकाम आउन छाडेका छन्।  

सदरमुकाम गौरस्थित नापी, भूमिसुधार, मालपोत, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, हुलाक, विद्युत् प्राधिकरणलगायतका कार्यालयहरूमा चार दिनदेखि काम विषेशले आउने सर्वसाधारणको संख्यामा कमी आएको देखिएको छ।

विगतको तुलनामा नागरिकता, राहदानीलगायतका अन्य प्रशासनिक कामकाजका लागि आउने सेवाग्राहीको संख्यामा कमी आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। गौर वजारवाट लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनहरू कम गतिमा हुस्सु काट्ने बत्ती बालेर गुडिरहेको छ भने विमिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी साधन कम गतिमा चलाउन निर्देशन दिएको एसपी साहले बताए।

चिसोको कारहटको कटहरिया, समनपुर, शिवनगर, राजपुर, वंकुल, गंगापिपरा, मलाहीलगायतका ग्रामीण क्षेत्रका बजारहरूमा सामान्य जनजीवन प्रभावित बन्न पुगेपछि सेवाग्राहीको पातलो उपस्थिति भएपछि व्यापार व्यवसायमा समेत नाकारात्मक असर परिरहेको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए। जाडोबाट जोगिने उपाय आफैं गर्नुपर्ने, आगो ताप्ने व्यवस्था गर्नुपर्ने र उज्यालो भएपछि मात्र घरबाट निस्कन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित: ८ पुस २०७७ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App