१६ चैत्र २०८० शुक्रबार
समाज

किसानको खातामा खातामा पैसा पठाउन सुरू

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स् लिमिटेडले किसानको खातामा पैसा पठाउन सुरू गरेको छ। विभिन्न जिल्लाका किसानहरूले काठमाडौं  केन्द्रित संघर्ष गरिरहेको र उखु उत्पादक संघ रौतहटले गरूडाको चिनी उद्योगका संचालकहरुविरुद्ध ठगी मुद्दा दर्ता गराएर पक्राउ पुर्जी जारी भएपछि उद्योग संचालकले उद्योगको खातामा रकम पठाएपछि उखुको मूल्य भुक्तानी पाउन थालेका हुन्।  

गृह मन्त्रालयले पनि किसानको पक्षमा कडाई गरेको छ। सबैतिरबाट दबाब परेपछि उखुको मूल्य तिर्न बाध्य भएको उद्योग संचालकले किसानलाई भुक्तानीको लागि ३५ करोड रुपैया पठाएको छ।

रौतहटमा करिब १८ हजार उखु किसान रहेका छन्। उद्योगले छ वर्षदेखिको करिब ४१ करोड रुपैया उखु किसानलाई तिर्न बाँकी राखेको उखु उत्पादक संघ रौतहटले जनाएको छ। गत वर्षको चैतसम्म सम्पूर्ण भुक्तानी गर्ने सम्झौता गरेको उद्योगले चर्को आन्दोलन र दबाबपछि किसानको खातामा रकम पठाउन सुरु गरेको हो।

उद्योगले उद्योगको खाताबाट शुक्रबार साँझसम्म १६ करोड ४४ लाख ७४ हजार ७ रुपैया पठाएको छ। उद्योगले पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको छ। ३५ करोड रुपैयामध्ये बाँकी रहेको रकम उद्योगको खातामा नै रहेको स्रोतको दाबी छ।  

किसानहरुले गरेको आन्दोलन तथा अन्तक्र्रिया र उद्योगका संचालकमाथि ठगी मुदा दर्ता गराउँदाको परिणामस्वरुप उखु किसानको खातामा उद्योगले शुक्रबारदेखि रकम पठाउन सुरु गरेको उखु उत्पादक संघ रौतहटका सल्लाहकार सफिन्द्र प्रसाद यादवले जानकारी गराएका छन्। बाँकी रकम पनि तुरुन्त पठाउन लागेको उद्योग संचालकको भनाइ रहेको यादवको दाबी छ।  

एक दुई दिनमै उखु किसानको सबै रकम भुक्तानी नभएमा रौतहटका उखु किसानले पनि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारी गरेका थिए। उद्योगले बाँकी रकम पनि तत्काल भुक्तानी नगरे काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ। काठमाडौँमा गएर आन्दोलन गर्ने सम्पूर्ण तयारी भएको र किसानहरु तयारी अवस्थामा रहेको बताउँदै सल्लाहकार यादवले केही रकम किसानको खातामा पठाएको र एक दुई दिन पर्खेर तत्काल रकम नपठाउँदा आन्दोलन गर्ने यादवको दाबी छ।

किसानको खातामा उद्योगले रकम पठाउन थालेपछि किसानहरुमा केही उत्साह देखिएको छ। छ वर्षपछि उखुको मूल्य पाउँदा पनि किसानहरुले सन्तोष व्यक्त गरेका छन्।  

विभिन्न कारणले उखु किसानको रकम भुक्तानीमा ढिलाइ हुन गएकोमा श्री राम सुगर मिल्स लिमिटेडले शुक्रबार किसानसित माफी मागेको थियो।

प्रकाशित: ४ पुस २०७७ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App