coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नदी किनारमा महिला मृत फेला

चमेलिया नदी किनारमा शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृत अवस्थामा फेला परेकी हुन्। नदी किनारमा मृत अवस्थामा फेला परेकी करिब ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ। नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोे छ।

प्रकाशित: ३ पुस २०७७ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App