coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उखु किसानको पैसा नतिरेपछि हितेश गोल्छा, विशाल अग्रवाल लगायतलाई पक्राउ पूर्जी

रौतहटका उखु किसानहरुले रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडका सञ्चालकहरुले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उद्योगका सञ्चालकरुविरुद्ध ठगी मुदा दर्ता गराएका छन्। उद्योगका सञ्चालक हितेश गोल्छा, अर्का सञ्चालक विशाल अग्रवाल तथा उपाध्यक्ष पद्यकान्त झाविरुद्ध किसानहरुले बुधवार ठगी मुदा दर्ता गराएका हुन्।

किसानहरुले दर्ता गराएको मुद्दाका आधारमा उद्योगका सञ्चालकहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ। किसानलाई ठगी गर्नेहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको स्रोतको दाबी रहेको छ।  

विभिन्न वर्षमा किसानहरुले उद्योगलाई बेचेको उखुको भुक्तानी पाउन करोडौँ रुपैया बाँकी रहेको भन्दै किसानहरुले गत वर्ष पनि आन्दोनल गरेका थिए। किसानहरुसित सम्झौता गरी उद्योग सञ्चालकहरुले २०७६ चैत मसान्तभित्र सम्पूर्ण बाँकी बक्यौता भुक्तान गर्ने सहमति जनाएका थिए तर किसानहरुले रकम पाउन सकेका छैनन्।  

गत ६ वर्षदेखिको रकम किसानहरुले पाउन बाँकी रहेको छ। आर्थिक वर्ष गत ६ वर्षदेखिको रकम किसानहरुले पाउन बाँकी रहेको छ। आर्थिक वर्ष २०७१।७२ को १२ करो, ०७५।७६ को २८ करोड ५० लाख र २०७६।७७ को ५० लाख गरी उद्योगबाट किसानहरुले ४१ करोड रुपैया भुक्तानी पाउन बाँकी रहेको छ। आफ्नो उत्पादन उद्योगलाई बेचेर पनि वर्षौदेखि उखु किसानहरु भुक्तानी पाउन संघर्ष गर्नु परेको छ।  

किसानहरुले जति धेरै ताकेता गरे पनि किसानको कुरा नसुन्ने, उखु किसानलाई उद्योगका संचालकहरुले भेट गर्न र सम्वाद गर्न नै नचाहने तथा भुक्तानीको विषयमा कुरा गर्न उद्योगपतिलाई फोन गर्दा पनि मोबाइल नउठाउने गरेको आरोप रहेको छ।  

रौतहटका ४६ जना उखु किसानहरुले चिनी मिलको तीन संचालकमाथि गठी मुद्दा दर्ता गराएपछि भुक्तानीको नयाँ म्याद माग गर्दै उद्योगका सञ्चालकहरुले सम्पर्क गर्न थालेको संघका सल्लाहकार सफिन्द्रप्रसाद यादवले बताएका छन्। मिल सञ्चालकहरुले एक हप्ताको समय माग गरेको तर आफूहरुले एक दुई दिनबाहेक बढी समय दिन नसकिने बताएको यादवको भनाइ छ।  

 

प्रकाशित: २ पुस २०७७ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App