coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कित्ताकाट गरिएको जग्गाको नक्सा नै हराएपछि प्रदर्शनमा

फाइल

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका सुकुम्बासीहरुको नाममा वितरण गरिएको जग्गाको नक्सा नै हराएको छ। २०६७ सालमा सुकुम्बासी आयोगलले पथलैयाका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पत्र बनाएर विचरण गरिएको जग्गाको नक्सा नै हराएको सुकुम्बासीहरुले आरोप लगाएका छन्।  

सुकुम्बासी आयोगबाट वितरण गरिएको जग्गाको त्यस बेला चलन चल्तीमा ल्याउन नसकिएको र अहिले त्यसलाई चलनचल्तीमा ल्याउनको लागि कागजी प्रक्रिया पुर्याउन खोज्दा नक्सा  फेला नपरेको आरोप जितपुरसिमरा उपमहानगरपालिका–१ का वडा अध्यक्ष हिराबहादुर गुरुङले  लगाएका छन्।

सरकारी कार्यालयमा सुरक्षित हुनु पर्ने नक्सा फेला नपर्नुमा सुकुम्बासीहरु माथि फेरि जालझेल गर्न खोजिएको उनले बताए। मातपोत कार्यालयमा लगत समेत कामय गरिएको देखिए पनि नापी कार्यालय सिमरामा नाक्सा नै नभेटीदा चार सय ५० भन्दा बढि घर परिवार समस्यामा परेको गुरुगले बताए।

सुकुम्बासी आयोगबाट पथलैयाका लगभग  ७  बिघा सार्वजनिक जग्गालाई ४५० वटा कित्ता गरि त्यसको लालपुर्जा समेत बनाएर जग्गा बितरण गरिएको र त्यसको नाक्सा त्यस बेला नापी कार्यालय कलैया छोडिएको  गुरुगले बताए।

कलैयाबाट नापी कार्यालय सिमरामा सरेर आए पछि बितरण गरिएको जग्गाको नक्सा खोज्दै जादा नक्सा नापी कार्यालय सिमरामा नभेटिए पछि पथलैयावासी बाध्य भएर आन्दोलिन बनेको अध्यक्ष गुरुगले बताए।

नक्सा फेला नपर्दा सुकुम्वासी आयोगबाट लालपुर्जा पाएर घर ,परिवारहरुको उठीवास हुने अवस्थामा पुगे पनि जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलले त्यसमा कुनै चासो नदेखाएको आरोप गुरुगले लगाए।

प्रकाशित: १ पुस २०७७ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App