४ वैशाख २०८१ मंगलबार
समाज

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु, चालक गम्भीर घाइते

ईन्द्रेणीपोखरीको मेर्लामा दुर्घटनाग्रस्त बनेको ट्याक्टर। तस्बिर: नागरिक

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा सह–चालकको मृत्यु भएको छ। सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीको रोक्सिङभञ्ज्याङ तर्फ जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घट्नास्थलमै मृत्यु भएको हो। दुर्घट्नामा सोही ठाउँका ट्याक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाईते भएका छन्।  

सिमपानी–रोक्सिङ भञ्ज्याङ सडक खण्ड अन्तरगत ईन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्याक्टर सडकबाट पल्टिए करिब दुई/तीन मिटर तल खसेको ईन्द्रेणीपोखरीका वडाध्यक्ष देबेन्द्र राईले बताए। रोक्सिङभञ्ज्याङ पुग्न लाग्दा करिब बिहान ८ बजेर २५ मिनेटमा ट्याक्टर दुर्घटना भएको हो। 

घट्नास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिमपानीबाट प्रहरी पुगेका थिए। घाईतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। रोक्सिङ भञ्ज्याङ पुग्नुभन्दा करिब आधा घण्टा अगाडि ट्याक्टर दुर्घटनामा परेको हो। 

प्रकाशित: १ पुस २०७७ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App