coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तिको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तिको आक्रमणबाट सोमबार बिहान सुनसरी कोशी गाउँपालिकाका एक युवाको मृत्यु भएको छ। मकुनाको आक्रमणबाट कोशी गाउँपालिका वडा नं. ६ का २७ वर्षे प्रमोद यादवको मृत्यु भएको हो । यादवलाई विहान ६ बजेतिर गहुँमा पानी लगाउँदै गर्दा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनले जनायो ।  

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हात्ति  रहेकोमा सबैभन्दा बढी मानवीय क्षति मकुनाकै कारण हुने गरेको छ । हात्ति मकै, धान, उखु र आप लगायतमा लोभिएर गाउँ प्रवेश गर्दा मानवीय क्षति हुने गरेको छ । कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हात्ति थिए । पछि तिनै हात्तिले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए । अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए । मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हात्तिको मृत्यु भएपछि १६ मा झरेका हुन् ।  

मकुना नाम गरेको दात नभएको हाती वस्तीमा प्रवेश गर्दा एक्लै पस्ने गरेको छ। हात्तिले वर्षेनी अन्नबालीसँगै मानवीय क्षति पु¥याउँदै आएको छ। वस्तीमा प्रवेश गरेपछि मानवीय क्षतीको खतरा हुने गरेको छ । कोशी टप्पु वन्य जन्तुका वार्डेन चन्द्रशेखर चौधरीले मकुनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा मन्त्रालयसँग समन्वय भइ रहेको बताए ।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तिलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ । कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपी कतिपय स्थानमा हातीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हागा डालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन् ।  

नेपालमा कुल २०० देखि २२५ वटा जंगली हाती छन् । कोशी टप्पुमा १७ वटा हात्ति रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् ।  आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।  

प्रकाशित: २९ मंसिर २०७७ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App