७ वैशाख २०८१ शुक्रबार
समाज

माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मृत्यु, चार घाइते

सार्वजनिक पोखरीमा माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा सप्तरीको बोदेबरसाइनमा आइतबार राति एक महिलाको मृत्यु भएको छ। बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको हो।  

झडपमा चार जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वर साहले जानकारी दिए।

डीएसपी साहकाअनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीय दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा राति १० बजे झडप भएको थियो। झडपमा बन्चरो, भाटालगायत सामग्रीको प्रहार भएको डीएसपी साहले बताए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

 

 

प्रकाशित: २९ मंसिर २०७७ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App