ललितपुर ग्वार्कोमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । ग्वार्को चोकको उज्ज्वल पेट्रोल पम्पमा केहिबेर अघि आगलागी भएको हो ।
पम्पमा आगलागी भएपछि सातदोबाटोकोटेश्वर सडकको ग्वार्को खण्डमा सवारी रोकिएको महानगरीय प्रहरी वृत सातदोबाटोले जनाएको छ । वृतका डिएसपी मित्रबन्धु शर्माले पम्ममा पेट्रोल हाल्न गएको गाडीमा आगलागी भएको बताए । आगो निभाउन ललितपुर महानगरको दमकल ग्वार्को पुगेको छ ।
प्रकाशित: २८ मंसिर २०७७ १३:५८ आइतबार