coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय गौरवका आयोजनालाई कुनै चिजको कमी हुन दिन्नौं : मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई कुनैपनि चिजको कमी हुन नदिने बताएका छन्।  नेपालगन्जमा संघीय र प्रदेश सभाका सांसद, सिचाइँ विभाग, सिक्टा सिचाइँ आयोजनाका कर्मचारी, निर्माण ब्यवसायी, सिचाइँ उपभोक्ता तथा पत्रकारसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सिक्टा सिचाइँ लगायत राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक दक्ष जनशक्ति, बजेट तथा स्रोत साधनको कुनै कमी नहुने स्पष्ट पारेका हुन्।  

‘कुनैपनि कानुनी अड्चन विना सञ्चालन हुने भएकाले राष्ट्रिय गौरवका आयोजना भनिएको छ,’ उनले भने ‘आवश्यक बजेट र जनशक्तिको ब्यवस्था गरेर आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गर्ने सरकारको योजना छ। ’ सिक्टा सिचाइँ आयोजनाको विषयमा एकातिर कानुनी प्रक्रिया चलिरहेपनि निर्माणको कामलाई सरकारले अगाडी बढाइरहेको मन्त्री पुनले बताए।  उनले थपे, ‘नहर भत्किएपछि सिक्टामा अलिकति जटिलता आए, मुद्दाको पाटो एकातिर छदैछ, अर्कोतिरबाट बाँकी कामलाई अगाडी बढाउनुपर्छ भन्ने सरकारको मान्यता छ। ’  

दुई वर्षअघि सिक्टाको पश्चिम मुलनहर परिक्षणका क्रममा भत्किएपछि लामो छानविन पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको ठहर गर्दै आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा परामर्शदाता कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।  उक्त मुद्दा अहिलेपनि विशेष अदालतमा चलिरहेको छ।  सरकारले आफ्नै स्रोत साधन र जनशक्तिबाट सम्पन्न गर्न लागेको हुँदा सिक्टा आयोजना निकै महत्वपुर्ण रहेको मन्त्री पुनका भनाई छ।  

सिक्टाको नयाँ गुरुयोजना परिवर्तन हुन लागेको उनले जानकारी दिए।  सो क्रममा संघिय सांसद महेश्वर गहतराज र नन्दलाल रोकायले सिक्टा सिचाइँ आयोजनाको सुस्त गतिले बाँकेबासीमा निराशा छाएको गुनासो गरेको थिए।  

 

प्रकाशित: २८ मंसिर २०७७ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App