coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली कागजातसहित एक जना फक्राउ

भक्तपुर प्रहरीले विभिन्न कागजातसहित एकजनालाई पक्राउ गरेको छ। शंकास्पद कागजात भएको आधारमा सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका  वडा नं. १२ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ बस्ने बर्ष २८ को आषिश गिरीलाई पक्राउ गरेको हो। 

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ स्थित पाटीविहारमा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुरको  संयुक्त प्रहरी टोलीबाट सवारी चेकजाँचको क्रममा नगरपालीका चोकबाट नयाँठिमीतर्फ जाँदै गरेको बा. १५ च. ४६८४ नं. को हुन्डई १२० कारलाई रोकी रितपूर्वक सोधपुछ तथा खानतलासी गर्दा उक्त कारभित्रको ड्यासबोर्डमा विभिन्न कागजात, नगद, मोवाईलसहित शंकास्पद उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

उनलाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा ल्याई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी थान – ४, सवारी चालक अनुमति पत्र थान – २,सवारी चालक अनुमति पत्रको कर तिरेको रसिद थान  १, सवारी चालक विवरणको कागज थान – ५, बा. १५ च. ४६८४ नं. सवारीको विलबुक थान  १, सोही सवारीको साँचो थान – १, विभिन्न बैंकको २५ लाख रुपैया बराबरको चेक थान  ४, मोवाइल थान – ३,नेपाली नगद एक लाख ४० हजार पाँच सय बरामद गरेको परिसरका सूचना अधिकृत सुवास वढाथोकीले जनाए।  

प्रकाशित: २४ मंसिर २०७७ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App