७ वैशाख २०८१ शुक्रबार
समाज

दुई वर्षमा सक्नु पर्ने व्यापारिक मार्ग साढे चार वर्षसम्म अधुरै

ठेकेदारको लापरबाहीले सर्वसाधारणलाई सास्ती

निर्माण कम्पनीको लापरबाहीले निर्मााणमा ढिलाई गरिएको जितपुर बजार क्षेत्रमा पर्ने व्यापारिक मार्ग।

वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्यमा निर्माण कम्पनीले ढिलाइ गर्दा सर्वसाधारणहरुलाई सास्ती खेप्नु परेको छ। निर्माण कम्पनीले समयमै काम पुरा गर्न नसक्दा जितपुर बजार क्षेत्रका स्थानीयहरु सवारी जाम र धुलोको कारणले सास्ती खेप्नु परेको हो। धुलोका कारण लामो समयसम्म आजित बनेका जितपुरका स्थानीयहरु अहिले तत्काल सडक बनाउन माग गर्दै आन्दोलन समेत सुरु गरेका छन्।

सडकमा परेका भौतिक संरचना स्थानीयहरुले खाली गरे पनि ठेकेदार र व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया, सडक कार्यालय पथलैयाका कारणले धुलो र सवारी जामले सास्ती खेप्नु परेको जितपुरका स्थानीय मनोजकुमार साहले दुखेसो गरे।  

ठेकेदारले काममा ढिलाइ गरि रहँदा त्यसलाई कारबाही गर्नुको साटो चार चार पटक म्याद थप्नुले समयमै सडक निर्माण हुन नसकेको आरोप साहले लगाए। कच्ची रहन गाएको बजार क्षेत्रको सडकमा सवारी चल्दा त्यसको धुलोबाट आजित भएर सडक निर्माण गराउनको लागि बिभिन्न चरणको आन्दोलन समेत सुरु गरिएको साहले बताए।

आर्थिक वर्ष २०७२/७३ असार २८ गते दुई वर्षभित्र वीरगन्ज–पथलैया ६ लेनको व्याापारिक मार्गको रुपमा निर्माण गर्न ए एम आर/पप्पु/कन–टेक जेभी, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी, पप्पु/लुम्बनी जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी, ए एम आर/कन–टेक जेभीले ६ वटा प्याकेजमा तीन अर्ब १२ करोड ४१ लाखको ठेक्का ठेक्का स्कार गरी निर्माण कार्य सुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ।

६ वटा प्याकेज मध्ये प्याकेज नम्बर ५ रहेको सिमराको सूर्य नेपालदेखि जितपुरको आर्मी ब्यारेकसम्म ५.८ किलोमटिर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभील कम्पनीको कारणले सडक निर्माणमा ढिलाइ भएको व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज–पथलैया, सडक कार्यालय पथलैयाका प्रमुख मनिसकुमार साहले बताएका छन्।  

शर्मा÷युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभीले लगभग ८२ करोडमा ठेक्का सम्झौता गरेका प्याजेक नम्बर ५ मा साढे चार वर्ष पुगी रहँदा निर्माण कम्पनीले ४५ प्रतिशत मात्रै काम गरेको साहले बताए।  

प्याकेज नम्बर ५ को निर्माण कार्यमा ठेकेदारबाट गरिएको ढिलाइले गर्दा जितपुरका स्थानीयहरुलाई धुलोको बढी समस्य भएको साहले बताए।

प्रकाशित: २४ मंसिर २०७७ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App