४ वैशाख २०८१ मंगलबार
समाज

गाउँमा पहिलोपटक बस पुग्दा स्थानीय हर्षित

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मा पहिलो पटक बस पुग्दा  स्थानीयवासी खुसी भएका छन् ।  धरानबाट सिंधुवा, गणेशटार, जितपर, मारेक हुंदै का बस नियमित चल्ने भएपछि बसका चालक र सह–चालकलाई स्थानीयले सम्मान पनि गरेका छन्।  

यस अघि सिंधुवा हुंदै गणेशटार, मूर्तिढुंगा हुंदै जितपुर बजार सम्म यातायात सञ्जालनमा आए पनि वडाको गणेशटारबाट बजगाउँ बाटो  उपयुक्त नहुँदा यात्रुबाहक बस चल्न सकेको थिएन। गत आर्थिक बर्ष ०७६/०७७ मा भौतिक पूर्वाधार मन्त्रालयको ५० लाख र प्रदेश सरकारको १५ लाख गरी कुल ६५ लाख लागतमा सडक विस्तार गरेपछि गरिएपछि  गाउँमा बस चल्ने भएको।  

प्रारम्भमा पूर्व सभासद् उर्मिला बिकबाट ५० हजारबाट सुरु गरिएको उक्त बाटोका लागि क्रमश नगरपालिका र वडाले १ लाख ४० हजार र निगाले सिमेन्ट कारखानाले बाटो निर्माणमा सहयोग गरेको थियो।उक्त बाटोमा गत वर्ष प्रदेश र केन्द्रको लगानीपछि बाटो बस चलाउन सकिएको सिंधुवा, जितपुर लेगुवा सडक उपभोक्ता समितिका पूर्व अध्यक्ष लोक नेपालले जानकारी दिएका छन्।

मन्त्रालय र प्रदेशको लगानीमा ४ किमि र अन्य ३ किमि गरी ७ किमि बाटो सुधार गरेपछि आईतबारबाट गाउँमा बस सेवा सञ्चालनमा आएको वडा अध्यक्ष बोधनाथ काफ्लले जानकारी दिए।  

बस सञ्चालनमा आएपछि नगरका वडा नं.७, ८ र ९ का जनसमुदाय सहित वडा नं.९ का पिपल डाँडा,कोलचौर,तीनघरे गाउँबासीहरु प्रत्यक्ष लाभाम्बित हुने काफ्लेले जानकारी दिए। उक्त बाटो सञ्चालनमा आएपछि सिंधुवाबाट नगरको सदरमुकाम जितपुर बजार सम्म छोटो दुरीबाट यात्रा गर्न सम्भव भएको नगरका मेयर पर्शुराम नेपालले बताए।

प्रकाशित: २२ मंसिर २०७७ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App