coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजपुर बमकाण्डका आरोपी महताफ आलम पक्राउ

पहिलो संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बमकाण्डका अर्का आरोपी महताफ आलम पक्राउ परेका छन्। उनी बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ हुन।

भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। संसद आलम पक्राउ परेपछि महताफ फरार भइ भारतको सिमावर्ती सहरमा लुकिछिपी बस्दै आएका थिए।  

यो पनि पढ्नुहोस्

राजपुर बमकाण्डका पीडित सुरक्षाको माग गर्दै अदालतमा

प्रदेश प्रहरी कर्यालय जनकपुरका प्रमुख डिआजी धिरजप्रताप सिंहका अनुसार प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले आलमलाई रौतहटकै सिमावर्ती बौधिमाइ नगरपालिका -७ बड्की बङ्कुलबाट पक्राउ गरेको हो।  

२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो। बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ।

मुख्य आरोपी भनिएका संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए। संसद आलम हाल कारागारमा छन्। ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन्।

यो पनि पढ्नुहोस्

राजपुर बमकाण्डका अर्का आरोपी पक्राउ

 

 

 

प्रकाशित: २२ मंसिर २०७७ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App