coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अमेरिकाका पाठ्यपुस्तकमा उल्लेख गौतम बुद्धबारे गलत विवरण सच्याइयो

अमेरिकाको न्युयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा गौतम बुद्धको जन्मस्थलबारे राखिएको गलत विवरण सच्याइएको छ।

नेपाली मूलका अमेरिकी  ज्ञानल थापाको पहलमा त्यहाँका कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ तथा कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ पाठ्यपुस्तकमा ‘बुद्ध वाज बर्न इन इन्डिया’ अर्थात् बुद्ध भारतमा जन्मिएका हुन् जस्ता गलत विवरण हटाइएको हो।  

अमेरिकाको क्विन्स कम्युनिटी वोर्ड-५ का सदस्य थापाको प्रयासमा न्युयोर्क राज्यको शिक्षा विभागले पाठ्यक्रममा रहेका त्यसता त्रुटि सच्याएको हो।  

समाजसेवी थापाले आफू जहाँ रहे पनि नेपालको स्वाभिमान, स्वाधीनता र पहिचानका लागि क्रियाशीले रहने संकल्प गरेका छन्।  

प्रकाशित: १७ मंसिर २०७७ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App